सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु
सप्तरी । सप्तरीका थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिकाको साविक २ नम्बर जोगिनियाँ वार्ड नम्बर १ बस्ने ५८ वर्षीय पुरुष शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उहाँलाई ज्वरो, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि १५ गते विराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएको र त्यही उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भएको छ ।
लामो समयदेखि सुगर, ब्लड प्रेसरबाट पीडित उहाँलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्