वीरगन्जमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पछिल्लो परीक्षणको क्रममा पर्सा र बाराका ७ जना र १ जना मकवानपुरकी महिलामा गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ११७ जनाको स्वाब परीक्षण गर्दा पर्साका ३, बाराका ४ र हेटौडा–५ मकवानपुरकी एक महिला सहित ८ जनामा कोरोना संक्रमण भेटिएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
पर्साका ५७ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेहरुमा सबै वीरगंज महानगरकै रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ३, १३, र २० मा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । पर्सामा आज संक्रमण पुष्टि भएकाहरु सबै पुरुष नै रहेका छन् । यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा २ जना महिला र कलैया उपमहानगरपालिका वडा नम्बर १ का १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि जिन एक्सपटबार्ट गरिएको परीक्षणबाट बारा कलैया ७ का एकजना ५८ बर्षीय पुरुषमा पनि कोरोना पोजटिभ देखिएको डा. चौरसियाले बताउनुभएको छ ।
आज संक्रमण पुष्टि भएकाहरु २१ वर्ष देखि ४४ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १९ देखि ३० सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्