दमक नगरपालिका क्षेत्रभित्र लकडाउन गर्न स्थानीयको सुझाव
झापा । झापाको दमकमा कोरोना संक्रमणको जोखिम वढ्दै गएकाले त्यसबाट हुनसक्ने थप जोखिम नियन्त्रणका लागि लकडाउन गर्न स्थानीयले सुझाव दिएका छन् । पछिल्ला समय जिल्लाकै उच्च जोखिम वन्दै गएको दमकमा संक्रमणबाट थप जोखिम हुन नदिन कडाईका साथ लकडाउन गर्न उनीहरु सुझव दिएका हुन् ।
सामाजिक संञ्जालहरुमा स्टाटस लेख्दै दमकका सामाजिक तथा व्यवसायिक क्षेत्रका अगुवाहरुले पछिल्लो संक्रमणसंगै मानिसको मृत्यु दर ह्वात्तै वढ्दै गएकाले त्यसवाट हुन सक्ने थप जोखिम नियन्त्रण गर्न स्थानीय सरकारले वन्दाबन्दी गर्नुपर्ने औल्याएका छन् ।
मेची मदिरा व्यवसायी संघ माइपश्चिम दमकका अध्यक्ष प्रेम पाण्डेलेले दमकमा कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले त्यसवाट थप जोखिम हुन नदिन कम्तीमा एक महीना लकडाउन गर्नु पर्ने सुझाव दिनुभएको छ । लकडाउनले संक्रमण फैलिन रोक्ने भन्दै उहाँले सरकारले यदि जनतालाई अकालमै मर्न नदिने हो भने संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने वताउँनुहुन्छ।
उद्योगी समेत राष्ट्रिय युवा संघ नेपालका एक नम्बर प्रदेश कमिटी सदस्य राजकुमार थापाले पनि आफ्नो फेसबुक वालमा धारणा राख्दै तत्कालका लागि दमकमा लकडाउनको विकल्प नरहेको भन्दै सरोकारवालाहरुबीच छलफलको आवश्यकता औंल्याउनुभएको छ । दमक उद्योग वाणिज्य संघका सदस्य समेत रहनुभएका थापाले दमकमा कोरोना संक्रमण यस्तै रहे भयावह बन्न सक्ने भन्दै लकडाउन गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।
संघका दमक नगर अध्यक्ष राम पौडेलले पनि फेसबुक वालमा आफनो धारणा राख्दै अब लकडाउन गरेर भएपनि सुरक्षित बस्नुपर्ने सुझाव दिनुभएको छ । दमक उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष रामचन्द्र बरालले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दे दमकमा लकडाउनको आवश्यकता औंल्याउदै आशिंक किसिमको समय र यो वा त्यो क्षेत्र तोकेर गरिने बन्दाबन्दीको औचित्य नरहने तर पूर्ण रुपमा बन्द गरेर भने केही हदसम्म सुरक्षित हुने वताउनुभएको छ ।
भर्खरै संक्रमणबाट निको हुदै गएका दमकका पत्रकार लोकनाथ रिजालले पनि सञ्जालमार्फत स्थानीय सरकारलाई पिसिआरको दायरा बढाउन संगै लकडाउन गर्न सुझाव दिनुभएको छ । दैनिक नागरिकहरुको मृत्यु हुँदा पनि स्थानीय सरकारले दुई महिना अघिनै बनाउने भनेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । संघिय सरकारले कोरोना परीक्षणको निशुल्क नगर्ने घोषणा गरेसंगै नगरपालिकाले गर्दै आएको स्वाब संकलन पनि अहिले बन्द गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्