तपाईँ सुन्दै हुनुहुन्छः

एक करोड रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले एक करोड रुपैयाँसहित हुण्डी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको ओमबहालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  सोमबार बेलुका झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन्।

पक्राउ परेकाहरु हुण्डी कारोबारीहरुको अनुसन्धान सुरु भइरहेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button