तपाईँ सुन्दै हुनुहुन्छः

मेयर क्रिकेट कपको तेस्रो खेलमा सपही युुवा क्लब बिजय

बारा । बाराको कोल्हवी नगरपालिकामा सञ्चालित प्रथम मेयर क्रिकेट कपको तेस्रो खेलमा सपही युुवा क्लब बिजय भएको छ ।

वडा न.१ कोल्हवी बजारको खेलमैदानमा सञ्चालित खेलमा आज भएको खेलमा सपही युवा क्लबले दि लाइट अफ क्रिकेट क्लब कोल्हवीमाथि पाँच विकेटको जित हात पारेको हो ।

खेलमा कोल्हवी टिमले टस जितेर ब्याटिङ गर्दा ४९ रन बनाएको थियो भने सपही टिमले ११ औं ओभरमा ५ विकेटले जित हात पारेको हो ।

भोलिको खेल सिमरौनगढ क्रिकेट टिम सिमरौनगढ र कलैया क्रिकेट टिम कलैयाबीच हुने आयोजक टिमका अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button