पहिरोपीडितलाई खाद्यान्न सहयोग
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ र ८ स्थित तिपेनीका पहिरोपीडितलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपले शनिबार पाँचपोखरीका पहिरोपीडितलाई खाद्यान्न राहत वितरण गरेको हो ।
तिपेनीका २२ घर परिवारलाई क्लबले चामल, दाल, नुन तेल लगायतका खाद्यान्न तथा कम्बल वितरण गरेको काठमाण्डौ फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका तिपेनिका १९ घरपरिवार तथा गरिब असाय र अशक्तलाइ राहत वितरण गरिएको हो । खाद्यान्न राहत पाउँदा स्थानीयले खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि थ्रि टु फाइभ ए टु गर्भनर डाक्टर शुसिला मल्लले जनताको जिउधनको रक्षाको लागि क्लबले विगत देखि नै सहयोग गर्दै आएको बताउनुभयो् ।
कार्यक्रममा वडा अध्यक्ष सार्की तामाङले सहयोग गरेकोमा क्लबलाइ धन्यवाद दिदै स्थानीय सरकार सदैब चिन्तित रहेको र सोही अनुसार तिपेनिका पहिरो पीडीतको लागि सुरक्षित बासस्थानको व्यवस्थापनका लागि खटिरहेको बताउनुभयो ।
क्लबले यसअघि हेलम्बु गाउँपालिकाका विभिन्न स्थानका ५९ जना पहिरो पीडीतको लागि समेत खाद्यान्न सहयोग गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्