तपाईँ सुन्दै हुनुहुन्छः

मुकेश चौरसिया हत्याकाण्डका आरोपित उत्तम तिवारी पक्राउ

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठामा गत कार्तिक ६ गते आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपमा मृत्यु भएका नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्या काण्डका आरोपित मध्ये थप एक जना पक्राउ परेका छन् ।

घटना भएदेखि नै फरार रहेका उत्तम तिवारीलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वागाँउबाट तिवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

पिडित परिवारले हत्यामा संलग्न १२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

आरोपित १२ जना मध्ये अहिलेसम्म प्रहरीले हनिफ मियाँ, देवा सहनी, शोकदिन गद्दी र उत्तम तिवारीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button