तपाईँ सुन्दै हुनुहुन्छः

कार र सिटी रिक्सा एक आपसमा ठोक्किँदा भएका घाइते मध्ये दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–२ बरमझियामा कार र सिटि रिक्सा एकआपसमा ठोक्किदा घाइते भएका सात जना मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनामध्ये तीन जनाको अवस्था गम्भिर रहेकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हनुमानगर कंकालिनी नगरपालिका–२ बस्ने ७० वर्षीय द्धारिकालाल दास र सोही नगरपालिका–१ बस्ने ७० वर्षीय बद्री मुखियाको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२ह ३४९८ नम्बरको सिटि रिक्सा एक–आपसमा ठोकिदा सो दुर्घटना भएको थियो ।

कञ्चनरुप नगरपालिका ८ कंचनपुर बजारस्थित स्वर्गिय रामभरोसी गुप्ताको श्राद्धको भोज खाएर फर्किने क्रममा साधुसन्तहरु सवार अटो रिक्सालाई कारले ठक्कर दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button