तपाईँ सुन्दै हुनुहुन्छः

दलित बस्तीमा खाद्यान्न सामग्री वितरण

बारा । बाराको कोल्हबी नगरपालिकाको दलित बस्तीमा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

नगरपालिकाको वडा नं.२ स्थित बगेवा टोलको दलीत बस्तीमा एक सय घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हो ।

राष्ट्र निर्माण मञ्च नेपालले व्यवस्था गरेको खाद्यान्न सामग्रीहरु वडा कार्यालयको सहकार्यमा वितरण गरिएको जनाईएको छ । दलित बस्तीमा पुर्ब युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो ।

खाद्यान्न सामग्रीमा एक बोरा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्रीहरु रहेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button