तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा जिप दुर्घटनाः १ को मृत्यु, १४ घाइते

कैलाली । कैलालीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको महोन्याल गाउँपालिका ४ को बास पानीमा आज दिउँसो जिप दुर्घटना हुँदा मोहन्याल गाउँपालिका २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । ती मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते घोडाघोडी ८ का ६० वर्षीय खडक रावललाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।

१६ जना यात्रु बोकेर कैलालीको घोडाघोडी स्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार दुर्घटनामा परेको हो ।

अन्यको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button