तनहुँमा ८० वर्षीय वृद्धसहित २५ जनामा कोरोना संक्रमण
तनहुँ । तनहुँमा २५ जना कोरोना संक्रमित थपिएको छ । जिल्लामा आइतबार पुनः ठुलो संख्यामा कोरोना संक्रमित थपिएको हो ।
जिल्लाको व्यास नगरपालिकामा मात्रै १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको व्यास नगरपालिकामा १० जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, भिमाद नगरपालिकामा ५ जना, आँबुखैरेनी गाउँपालिकामा २ जना, बन्दिपुर गाउँपालिकामा १ जना, ऋषिङ गाउँपालिकामा १ जना र पालिका र वडा नखुलेको १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–१ का ४७ र ५९ वर्षीय पुरुष, व्यास–२ का ४०, ५२ वर्षीय पुरुष, व्यास–३ का २८ वर्षीय पुरुष, व्यास–४ का ६६ वर्षीय पुरुष र ३४ वर्षिया महिला, व्यास–५ का २६ वर्षीय पुरुष, व्यास–९ की ३१ वर्षीया महिला, व्यास–१० का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी–१० का २८ वर्षीय पुरुष, शुक्लागण्डकी–५ का ४१ वर्षीय पुरुष र ३७ वर्षिया महिला, शुक्लागण्डकी–३ का २४ र २५ वर्षीय पुरुषमा समेत संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी भिमाद–६ का ३८ वर्षीय पुरुष, भिमाद–४ का ४९ वर्षीय पुरुष र ५२ वर्षिया महिला, भिमाद–९ का ४३ वर्षीय पुरुष र भिमाद–६ का ५३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशानालयले जनाएको छ ।
यस्तै आँबुखैरेनी–४ का ८० वर्षिय पुरुष र आँबुखैरेनी गाउँपालिकाको वडा नखुलेको ६५ वर्षिया महिलामा कोरोना भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै बन्दिपुर–६ की ७१ वर्षिया महिला र ऋषिङ–५ का ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको छ ।
त्यसैगरी पालिका र वडा नखुलेको ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्