लुम्बिनी प्रदेशमा बालबिवाहः दाङ दोस्रो सूचीमा
तुलसीपुर । लुम्बिनी प्रदेशमा बालबिवाह हुने जिल्लाको पहिलो सूचीमा प्युठान परेको छ भने दोस्रोमा दाङ परेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले दिएको तथ्याङक अनुसार तीन वर्षको तुलना गर्दा प्युठानमा सबैभन्दा बढी १९, दाङमा १३, बाँकेमा ८, अर्घखाँचीमा ३, गुल्मीमा २ तथा बर्दिया, कपिलवस्तु र रुपन्देहीमा १–१ जनाको बालबिवाह भएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७४–०७५, २०७५–७६ र २०७६–०७७ लाई तुलना गरेको छ ।
यसैगरी तीन वर्षको अवधिमा बालबिवाह नहुनेको सूचीमा रोल्पा, पाल्पा र नवलपरासी छन् ।
उमेरका दृष्टिकोणले बालबिवाह गर्नेमा १६ वर्ष मुनिका धेरै छन् । प्रहरीको तथ्याङक अनुसार १६ वर्ष मुनिका २७ जना, १८ मुनिका १९ जना र २० वर्ष मुनिका ३ जना रहेका छन् । त्यसमा पनि पढ्दापढ्दै बिवाह गर्ने ३०, कृषि ११ जना र ज्यालामजदुरी गरिखाने ८ जना रहेका छन् ।
जातिय आधारमा बाल बिवाह गर्नेमा जनजाति धेरै छन् । प्रहरीले दिएको तीन वर्षे तथ्याङकमा जनजाति १६ जना, बाह्रमण–क्षेत्री १५ जना, दलित ११ जना र मधेसी ८ जना रहेका छन् ।
यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी वरिष्ट उपरीक्षक राज कुमार बैदवारले अशिक्षा, गरिबी, बेरोजगार र विभेदका कारण बालबिवाह भएको बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्