विवाह भोज खाएका ३४ जना बिरामी

कञ्चनपुर । कंचनपुर जिल्लाको बेदकोट नगरपालिका २ बसन्थलामा बिहेको भोज खाएपछि एकै गाउँका ३४ जना बिरामी भएका छन्।
बिहीबार सोही ठाउँका रमेश थापाको बिहेमा भोज खाएपछि उनीहरू बिरामी परेका हुन् । बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दको नेतृत्वमा बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल पुर्याइएको छ । नगर प्रमुख चन्दमा अनुसार बिहेमा भोज खाएकाहरू हिजो ४–५ बजेदेखि एकाएक बिरामी पर्न थालेपछि अस्पताल लगिएको हो । ‘हामीले यो खबर सुन्नासाथ राती नै २९ जनालाई अस्पताल पु¥याएका छौ उपचार भइरहेको छ ।’ शनिवार बिहान थप ५ जनालाई अस्पताल पु¥याइएको छ, चन्दले भन्नुभयो ।
नगर प्रमुख चन्दका अनुसार बिहे भोज खाएका सबै बिरामी परेका हुन । ३४ जना अस्पतालमा रहेको र अरु केहीले घर नजिकैको क्लिनिकबाट औषधी लिएको उहाँले बताउनु भयो । उनीहरूमा ज्वरो आउने, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि ३४ जना सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूलाई फुडफुड प्वाइजन भएको चिकित्सकले जनाएका छन् । अहिले सबैको अवस्था खतरा मुक्त रहेको नगर प्रमुख चन्दले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्