तनहुँमा ७१ वर्षीय वृद्धसहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

तनहुँ । तनहुँमा २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा आठ जना, म्याग्दे गाउँपालिकामा तीन जना, भिमाद नगरपालिकामा एक जना, व्यास नगरपालिकामा पाँच जना ठेगाना नखुलेको चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्लागण्डकी–४ का २७, ७१ र ६५ वर्षीय पुरुष, शुक्लागण्डकी–५ की ५२ वर्षीया महिला र वडा नखुलेको २९, ३१, ३५ वर्षीय पुरुष र ४८ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै म्याग्द–२ का ४६ वर्षीय पुरुष, म्याग्दे–५ की ५६ वर्षीया महिला र म्याग्द–६ का २७ वर्षीय पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी भिमाद–७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । व्यास–१ का ४९ वर्षीय पुरुष, व्यास–४ की ५७ वर्षीया महिला र ६१ वर्षीय पुरुष, व्यास–३ का ६९ वर्षीय पुरुष र ४४ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ ।
ठेगाना नखुलेको ३५, ४०, ४८ वर्षीय पुरुष र ५० वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्