बुटवलमा कोरोना संक्रमित थप एकको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना सङक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कार्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना हुनुभएका बुटवल ८ का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल पुगेपछि कोरोना पुष्टि भएलगत्तै उहाँलाई कोरोना विशेष अस्पताल पठाइएको थियो । उहाँमा यसअघि नै उच्च रक्तचापको समस्या रहेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।
आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्