बाँकेमा एकै दिन ७४ जना डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज एकै दिन ७४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ४८ पुरुष र २६ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय ८६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जिल्लामा कोरोना निको हुने दर ९०.५४ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ६१ जना छन् । बाँकेमा हालसम्म ३ हजार ७७ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्युु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्