पर्वतको कुश्मा बजार एक हप्ता बन्द गर्ने निर्णय
पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारमा शुक्रवार रातीदेखि एक हप्ता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । संक्रमण फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले एक हप्ता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
डिसिसिएमसीले कार्तिक १४ गते शुक्रवार राति १२ बजेदेखि २१ गतेसम्म कुस्मा नगरपालिकाको ४,५,६ र ७ वडा कार्यालय र कुश्मा नगरपालिकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलन नदिन कुश्मामा रहेका सम्पूर्ण बैक तथा वित्तीय संस्था र अति आवश्यक बाहेकका सम्पूर्ण पसलहरू पनि बन्द गराउने निर्णय पनि गरेको छ ।
नगरपालिका र वडा कार्यालयबाट दिने सेवा बन्द गरेपछि सरकारी कार्यालयमा पनि भीड कम हुनेछ भने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएका कारण भिडभाड कम हुँदा संक्रमण फैलन कम हुने विश्वास लिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । पर्वतको कुस्माबजारमा दशैँ अगाडीदेखि समुदायमा कोरोना संक्रमण फैलिएको छ भने एक हप्ताको अवधिमा दुई जनाको मृत्यु भैसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्