नदीमा डुबेर मृत्यु

रुपन्देही । दशैंमा स्थापना गरिएको दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा बेपत्ता रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का १६ वर्षीय मुकेश चौधरीको शव आज फेला परेको छ ।
कोटहीमाई गाउँपालिका–४ स्थित दानव नदीमा रहेको मर्चवार लिफ्ट सिंचाई योजनाको वाटरडम्पिङ्गभित्र डुबेको अवस्थामा उनको शव फेला परेको हो ।
सो नदीमा मूर्ति विसर्जनका क्रममा तीन किशोर डुबेकोमा दुई जनाको तत्कालै उद्दार गरिएको थियो भने निज चौधरी बेपत्ता भएका थिए । स्थानीय बासिन्दा र प्रहरी प्रशासनको निरन्तरको प्रयासले दुई दिनपछि शव फेला परेको हो । मृतक चौधरीको शव बिही








प्रतिक्रिया राख्नुहोस्