पर्सा प्रहरीद्वारा १९ लाखको तस्करीको सामान बरामद

बीरगंज । पर्सा प्रहरीले विभिन्न स्थानबाट अवैध हार्डवेयर मोटर्स पार्टस, जुत्ता चप्पल, लत्ताकपडा र ओसारपसार गर्न प्रयोग गरिएको दुई अटोसहित १९ लाख २१ हजार तीन सय मुल्य बराबरका मालसामान बरामद गरेको छ ।
भन्सार छलि गरी नेपाल ल्याइरहेको प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ बाट गएराति चार जना पुरुषले दुई वटा अटोमा जुत्ता चप्पल तथा लत्ताकपडा लिई आइरहेको देखेपछि तस्कर समुहले अटो छोडी फरार भएका थिए ।
तस्करहरुले छोडी भागेका ना.१ह १–०१६३ र ना२ह ६६५९ नम्बरको अटोमा जुत्ता चप्पल तथा लताकपडा लगायत नौ लाख ७७ हजार छ सय ५० रुपैया मुल्य बराबरको सामान बरामद गरी थप कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै तस्करहरुले लत्ताकपडा तथा हार्डवेयर मोटर्स पार्टसहरु लगायतका मालवस्तु भन्सार छलेर नेपाल तर्फ ल्याइरहेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यलय श्रीपुरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा गएराति साढे १० बजेको समयमा बीरगंज महानगरपालिका वडा नम्ब १८ सिताराम चोकमा पुग्दा ८÷१० जना व्यक्तिहरुले हार्डवेयर तथा सुर्टिङ, सुटिङका कपडा लगायतका मालबस्तुहरु बीरगंज १८ निवासी दिप नारायण साहको घरमा जम्मा गरी राखेकोे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यलय पर्साले आज जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
बरामद सामानको मुल्य नौ लाख ४३ हजार ६ सय ५० मुल्य निर्धारण गरी थप कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
चाडबाड भित्रिएसँगै खुल्ला सिमाका कारण चोरी पैठारी हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै प्रहरीले थप सक्रियता बढाएको छ ।









प्रतिक्रिया राख्नुहोस्