बाँकेमा २९ लाखसहित १० जना जुवाडे पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट १० जना जुवाडेलाई २९ लाख बढी रुपैयाँसहित पक्राउ गरेको छ ।
गएराति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को एक घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत् मुद्दा चलाएर कारबाही अघि बढाइने प्रहरी उपरिक्षक रानाले बताउनुभयो । सामूहिकरुपमा ठूलो धनराशी बाजी राखेर जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्