बाँकेमा थप ३४ जना डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज ३४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २१ पुरुष र १३ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय १२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जिल्लामा कोरोना निको हुने दर ८९.२१ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ९८ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४० जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्युु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्