नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ । बडादशै अन्र्तगत आज आश्विन शुक्ल द्धादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।
विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
नेपालीहरुले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।
यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ ।








प्रतिक्रिया राख्नुहोस्