पूर्व सभासद खतिवडाद्वारा गुर्जोका बेर्ना वितरण
ओखलढुंगा । पूूर्व सभाषद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गर्नुभएको छ ।
दशैं मनाउन गृह जिल्ला आउनुभएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीकालाई बेर्ना वितरण गर्नुभएको हो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्याङ गाउँपालिकामा २७ सय र सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा ३ सय गरेर ३ हजार विरुवा रोपिने खतिवडाले बताउनुभयो ।
गुर्जो खेती विस्ताका लागि गाउँपालिकाका ९ वटै वडामा ३–३ सयका दरले २७ सय र बाँकी ३ सय विरुवा सुनकोशीको कटुञ्जे लगायतका गाउँमा रोप्ने गरी वितरण गरिएको उहाँको भनाई छ ।
‘गुर्जो निकै नै उपयोगी जडिबुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर खाने होइन, खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि मार्फत गाउँ गाउँमा गुर्जोका विरुवा पठाएँ ।’ खतिवडाले भन्नुभयो, ‘अहिले म गाउँ गाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छु । कोरोनाको ओखती छैन बरु स्वस्थ रहौं । जडिबुटीमै बल गरौं भनेर काठमाडौंको नर्सरीबाटै गुर्जोका विरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’
गाउँपालिका अध्यक्ष मोतीराज राईलाई नेता खतिवडाले गाउँपालिकाका सबै वडामा जडिबुडी खेती गर्न सुझाव दिंदै विरुवा वितरण गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष मोतीराज राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटिजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफुहरु लागेको बताउनुभयो ।
कोरोनाबाट बच्न समेत गुर्जो उपयोगी हुने भनिएपछि गुर्जो खोजेर सेवन गर्नेको लहर नै चलेको छ ।








प्रतिक्रिया राख्नुहोस्