तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कारले ठक्कर दिँदा एक वृद्धको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १८ च ७७३४ नम्वरको कारले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय तीलक सुरेत यादवको मृत्यु भएको हो ।

ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button