टीकापुरमा सोयाबिन उद्योगमा आगलागी

टीकापुर कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा आगलागी हुदा करिब ४ करोड बढी क्षति भएको उद्योग सञ्चालक मनिष बलायरले जानकारी दिनुभयो । आज विहान करिव ४ बजेतिर विद्युत लाईन सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापना भएको सोयाबिन उद्योगमा आगलागी हुँदा उद्योगका संरचना र गोदाममा क्षति भएको छ । आज विहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्