तपाईँ सुन्दै हुनुहुन्छः

खुकुरी प्रहारबाट तुलसीपुरमा विक गम्भिर घाइते

तुलसीपुर–  गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

आफन्तकोमा बिहेमा गएका बिकलाई तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा अपरिचत समूहले बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर अलग गराउनुका साथै दुबैहातका हत्केला र औंलामा समेत खुकरीको गहिरो चोट लागेको छ । घाइतेको विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य तिब्र पारेको प्रहरीले बताएको छ ।

ढुङ्गा प्रहारबाट एक चौधरी घाइते
तुलसीपुरको गोलौरामा गएराति ढुङ्गा प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० गोलौरा निबासी ४० बर्षका दुर्गा चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । सामान्य विवाद पछि सोही ठाउँका असोक चौधरी र विजय चौधरीले ढुङ्गा प्रहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न आरोपीको खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । घटना राती ८ बजे भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button