म टाढा भए पनि मन भने नेपालमै छ : सन्दीप लामिछाने

काठमाडौं- नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशमीको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले शुभकामना दिएका हुन् ।
उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा छन् ।
उनले ट्वीटरमा यस्तो लेखेका छन्, ‘हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाढा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।







प्रतिक्रिया राख्नुहोस्