नदीमा डुबेर कैलालीमा २ बालिकाको मृत्यु
कैलाली । नदीमा डुबेर कैलालीमा दुई बालिकाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ८ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनु भयो ।
गोरु चराउन गएका उनीहरुको नदीमा नुहाउने क्रममा आज दिउसो साँढे १ बजेतिर डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताउनु भयो । उनिहरुको शव पोष्टमार्टमका लागि धनगढी पठाउने तयारी भइरहेको उहाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्