तपाईँ सुन्दै हुनुहुन्छः

महानवमीमा बैतडीका शक्तिपीठ र मन्दिरमा जात्रा सम्पन्न

बैतडी । बडादशैंको महानवमीका अवसरमा आज बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा सम्पन्न भएका छन् ।

पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा बलिसहित महानवमीका अवसरमा जात्रा सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना भाईरसको महामारीका बीच सामाजिक दुरी कायम गरेर ८ ओटा राँगाको बलि गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मेलामा भीडभाड नहोस भन्नका लागि शनिबारदेखि आज दिउँसो ४ बजेसम्मका लागि पाटन बजार क्षेत्र सिल गरिएको थियो ।

बजार क्षेत्र सिल गरिएकाले मेलामा भीडभाड भने नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । अरु वर्ष उदयदेव मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भएपनि यो वर्ष कोरोना कहरका कारण जात्रामा चहपहल नभएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button