तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानको न्यूनतम बचत हुन नसकेसम्म कृषि क्षेत्र अगाडि बढ्न सक्दैन’

file photo

रुपन्देही । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले श्रम र उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसकेसम्म कृषि क्षेत्र अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।

गृहजिल्ला रुपन्देहीमा आज उद्योग व्यापार संगठनको कार्यक्रममा सम्बोधन गर्नुहुदै मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमा आधारित भएर किसानमुखी योजना बनाइरहेको बताउनुभयो ।

नेपालमा किसानले उत्पादन बढाउन नपाउँदासम्म उद्योग अगाडि बढ्न नसक्ने बताउनुहुदै मन्त्री भुषालले कृषिको समस्या समाधान गर्न नसकेसम्म कृषि क्षेत्रका उद्योगले खुट्टा टेक्न नसक्ने बताउनुभयो ।

नेपाली मिडियामा कृषिको विषय धेरै नसमेटिएको बताउँदै उहाँले राजनीतिक भेटघाटका विषयवस्तु भन्दा व्यवसायिक कृषिको विकासका समाचारलाई प्राथमिकता दिन सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button