तपाईँ सुन्दै हुनुहुन्छः

पेन्सन बुझ्न नपाउँदा भारतीय पेन्सनधारीहरुको दशैं खल्लो

बैतडी । पेन्सन बुझ्न नपाउँदा बैतडीका भारतीय पेन्सनधारीहरुको दशैं खल्लो भएको छ । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा पेन्सन बुझ्न नपाउँदा उनीहरुको दशैं खल्लो भएको हो ।

भारतीय सेनाबाट सेवा निवृत भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत भएका नेपाली नागरिकलाई पेन्सनको रकम भारतीय बैंक मार्फत बुझ्ने गरेका छन् । पेन्सनकै भरमा रहेका पेन्सनधारीहरुको दशैं खल्लो भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जितसिंह थापाले जानकारी दिनुभयो ।

१ महिना अगाडीदेखि नै जिल्ला प्रशासनलाई नाका खोल्न पहल गर्नका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाई नहुँदा घरधन्दा चलाउन पनि समस्या भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button