भरुवा बन्दुकसहितका घरेलु हतियार नियन्त्रणमा
दाङ । भारतसँग सिमा जोडिएको दाङको कोइलाबास नाकाबाट सशस्त्र प्रहरीले गोली र भरुवा बन्दुकसहितका घरेलु हतियार नियन्त्रणमा लिएको छ ।
गढवा गाउँपालिका–८ दुर्गा समुदायिक भालुखोला जंगल बोर्डर क्षेत्रबाट एक नाल भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने २१ थान गोली, बारूद दुई डिब्बा, तिनवटा केप, एक थान खुकुरी र एक थान चक्कु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिए । गस्ती टोलीलाई देख्ने वित्तिकै शिकारी हतियार छोडेर भागेका थिए ।
चाडपर्वको बेला कुनै पनि अपराधीले घटना घटाउने सक्ने वा नेपाल भारत सिमाक्षेत्रमा जंगली वन्यजन्तुको अवैध चोरी सिकारी हुनसक्ने भन्दै सशस्त्र प्रहरी बलले गस्ती बढाएको छ ।
नाकाको अन्य वैकल्पिक बाटो प्रयोग गरेर तस्करीहरुले गर्ने तस्कर र सिमा अपराध नियन्त्रण गर्नको लागी मुसि, खबरी र गुरुङ्नाकामा पन्ध्रजनाको दरले पैतालिस जना सशस्त्र प्रहरी बल परिचालित गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्