छोराले गरे बावुको हत्या
तुलसीपुर । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति कुटपिट गरेर घरको तलाबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिनुभयो ।
सामान्य विवादमा बीर बहादुरले बुवाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपी छोरालाई कमिरेचौर ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । पक्राउ परेका बीरबहादुर प्रहरीले कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्