तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा पर्सा र बाराका १३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा पर्सा र बाराका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा र बाराको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ७२ जनाको स्वाब परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा पर्साका ११ र बाराका २ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सामा भेटिएका सम्पूर्ण संक्रमित वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ मा ४ जना, वडा नम्बर ११ मा तिन जना, वडा नम्बर १४ मा दुई जना र वडा नम्बर ९ र १० मा एकरएक जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताउनुभयो ।

उता बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ र १४ मा एक/एक जना संक्रमित भेटिएको डाक्टर चौरसियाले बताउनुभयो ।

थपिएका संक्रमितहरुमा २ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३० सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button