तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो । योसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

केहि दिन अघि चितवनमा उपचारको क्रममा कोरोना संक्रमण भएका उनलाई शुक्रबार घर ल्याईएको र आज बिहान ३ बजे होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । उहाँको परिवारका अन्य ४ जना सदस्यमा पनि कोरोना संक्रमण रहको बोलखेले बताउनुभयो । मकवानपुर जिल्लामा शुक्रबारसम्म १४ हजार ५ सय ३९ जनाको पीसीआर परीक्षण गरिएका मध्ये २ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button