तपाईँ सुन्दै हुनुहुन्छः

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेकोे बैंक सञ्चालक समितिको ३६४ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंठकले १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांशसहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button