१ हजार २०० मेगावाटको विद्युत सब स्टेसन सञ्चालनमा
काठमाडौं । देशकै सबैभन्दा ठूलो १ हजार २०० मेगावाट क्षमताको विद्युत सब स्टेसन सञ्चालनमा आएको छ ।
प्रसारण लाइन र सबस्टेसनको क्षमता एक हजार २०० मेगावाट बराबरको भए पनि तत्कालका लागि ८५० मेगावाट मात्रै आयात निर्यात हुन सक्ने नेपाल विद्युत प्रधिकरणले जनाएको छ ।
ढल्केबर सबस्टेसन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सबस्टेसन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो ।
ढल्केबर सबस्टेसन आयोजनाका प्रमुख शुक्र देवकोटाले देशकै सबैभन्दा ठूलो पावर हबको काम सम्पन्न भै सबस्टेसन नेपालको विद्युत् क्षेत्रका लागि कोसेढुङ्गा भएको बताउनु भयो ।
नेपालको पहिलो ठूलो र ग्याँस इन्सुलेटेड सबस्टेसन नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा निर्माण सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्