कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई हेलिकप्टर मार्फत काठमाडौँ लगियो

चितवन । कोरोना पुष्टि भइ हेटौँडामै होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र उनकी धर्मपत्नीलाइ थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
पौडेल र उनकी धर्मपत्नीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो । भिमफेदी १ सुपारीटारमा रहेको नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट आज शुक्रबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि मुख्यमन्त्री पौडेललाइ काठमाडौं लगिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनलाई थप उपचारका लागि गंगालाल हृदय रोग केन्द्र बाँसबारी लगिएको बुझिएको छ ।
उनी सहित उनकी श्रीमती, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगीलाई हिजो कोरोना पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्