चितवनका थप दुई कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप दुईजना कोरोना संक्रमतिको मृत्यु भएको छ । कोरोना संक्रमित मृतक दुबै चितवनका हुन । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का ७० बर्षीय पुरुष रहेका छन ।
अस्पतालका अनुसार ती बृद्ध श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक २ गते अस्पताल भर्ना भएका थिए । उनको कात्तिक २ गते स्वाब परीक्षण गरिएकोमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको आज बिहान ८ बजेर ४४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका मिडिया संयोजक हरी बोहोराले बताउनु भयो ।
यस्तै अर्की ८४ बर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिडीया संयोजक बोहोराका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ५ बृद्धा रहेकी छिन । उनको कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई ५ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ४ बजेर १९ मिनेटमा मृत्यु भएको बोहोराले जानकारी दिनुभयो ।
गएराती १० बजे भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका वडा नम्बर ७ कै अर्का ५७ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्