तपाईँ सुन्दै हुनुहुन्छः

दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना

लमही – दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । काठमाडौँबाट घोराही आउँदै गरेको ना ८ ख ११६४ नम्बरको बस र तुलसीपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ३९५ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटमा ठोक्किँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  ।  दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button