तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ- बागलुङका एक सुत्केरी महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा एक सुत्केरी महिला सहित ९ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा प्रहरीमा कार्यरत १ महिला १ पुरुष, कारागारमा रहेकी निसीखोलाकी १ एक महिला, धौलागिरी अस्पतालको १ कर्मचारी, नेपाल बैकमा कार्यरत १ महिला कर्मचारी, बानपा ९ को १ पुरुष, बानपा २ का २ जना पुरुष र बागलुङ बजारमा औषधी पसल संचालन गरेका एक पुरुषमा कोरोना पुष्टि भएको धौलागिरी अस्पताल बागलुङका सुचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

यो सँगै जिल्लामा संक्रमित संख्या ६ सय ३७ पुगेको छ । यसमध्ये ४ सय २५ जना निको भइसकेका छन् । १ सय ७३ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button