खाल्टोमा डुबेर बरहथवामा एक बालकको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा गोबर जम्मा गर्न बनाएको खाल्टोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।
धवार बरहथवा नगरपालिका वडा नं. २ बहुनटोल बस्ने हरिप्रसाद पहाडीको ३ वर्षीय छोरा सशांक पहाडी आफ्नै घर अगाडी गोबर जम्मा गर्न बनाएको खाल्टोमा जमेको पानीमा डुबेर बालक गम्भीर घाइते भएका थिए ।
घाइते बालकको आफन्तले तत्कालै खाल्टोबाट निकाली उपचारको लागि बरहथवा स्थितमा रहेको भेनास अस्पतालमा लगेकोमा उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्