तपाईँ सुन्दै हुनुहुन्छः

आई.पि.एल. क्रिकेटमा सट्टाबाजी खेल्ने तीनजना पक्राउ

बारा । आई.पि.एल. २०२० क्रिकेट खेलमा सट्टाबाजी खेल्ने तीन जनालाई बारा प्रहरीले कलैयाबाट पक्राउ गरेको छ ।

दुवईमा चलिरहेको खेलमा कलैयास्थित घरबाट सट्टाबाजी खेल्ने तीन जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ७७ हजार ५० रुपैयाको चेक समेत बरामद गरेको जनाएको छ ।

पक्राउँ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने २५ वर्षीय राजुकुमार यादव, २७ वर्षीय दिपककुमार सरार्फ र २९ वर्षीय रवि दास रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button