रामारोशनमा ५ शैय्याको कोरोना विशेष उपचार अस्पताल
अछाम । अछामको रामारोशन गाउँपालिकाले कोरोना उपचार विशेष अस्पताल सन्चालनमा ल्याएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड –१९ ) लाई लक्षित गरि सङ्क्रमितहरुको उपचार गर्नका लागि ५ शैय्याको अस्पताल स्थापना गरिएको हो ।
रामारोशन गाउँपालिकाको वडा नम्बर ३ मा स्थापना गरिएको अस्पतालको आज एक कार्यक्रमका वीच उद्घघाटन गरिएको छ ।
कोभिड उपचार विशेष अस्पतालमा १ जना हेल्थ असिस्टेन्ट, ३ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी राखेर सेवा सुचारु गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्