तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी काठमाडौँ समाजद्वारा बेलौरीमा सामाजिक कार्य

कञ्चनपुर । बेलौरी काठमाडौँ समाजले कञ्चनपुरको बेलौरीमा विभिन्न कार्यक्रम गरेको छ । बेलौरी घर भई अष्ट्रेलियामा अध्ययनरत विज्ञान बिष्टले पठाएको २५० डलर र अष्ट्रेलियामै अध्ययनरत दाजुभाइ बिक्की र विपिन बिष्टले स्वर्गीय आमाको सम्झनामा पठाएको २५० डलर सहयोगमा बेलौरी काठमाडौँ समाजले हालै सामाजिक कार्य गरेको हो ।

दशैँको समयलाई लक्षित गरी बेलौरी काठमाडौँ समाजले १५ जना अपांगता भएका व्यक्तिहरूलाई विस्तारा सहयोग गरेको छ । अपांगता भएका व्यक्तिहरूलाई छनौट गरी डसना, सिरक, सिरानी, कार्पेट र चप्पल सहितका सामग्री वितरण गरिएको बेलौरी काठमाडौँ समाजका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभएको छ ।

बेलौरी काठमाडौँ समाजले बेलौरीको भीमदत्त चोकमा सरसफाइ तथा रंगरोगन समेत गरेको छ । रंगरोगन कार्यमा बेलौरी बजारमा रहेको मनकामना हार्डवेयर र दिपेन्द्र बिष्टले रंग सहयोग गरेको बताइएको छ । बेलौरी काठमाडौँ समाजले उक्त चोकमा छ वर्ष पहिले पनि रंगरोगन गरेको थियो । यसअघि, समाजले गत चैत महिनामा बन्दाबन्दीको समयमा अतिविपन्न ५० घरपरिवारलाई राहत वितरण समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button