तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट  

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री विष्णु पौडेलले अमेरिकी सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो ।

भेटमा अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सो पछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

भेटमा अमेरिकी राजदुत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको र अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button