तपाईँ सुन्दै हुनुहुन्छः

कार्ययोजना अनुसार बजेट खर्च गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

file photo

रुपन्देही । कार्ययोजना अनुसार काम गरी विनियोजन भएको बजेट खर्च गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिनुभएको छ ।

बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरुसंगको भर्चुअल बैठकमा कोभिड–१९ को कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न उहाँले निर्देशन दिनुभएको हो ।

आर्थिका मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालनुभएका मुख्यमन्त्री पोखरेलले गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशले ८० प्रतिशत पूँजीगत खर्च गरेको र अहिले त्योे भन्दा धेरै राम्रो गर्नुपर्ने गरी कार्यसम्पादनका लागि निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button