प्रदेश नंं २ का सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

जनकपुरधाम । कोरोना महामारीको उपचार प्रदेश नंं २ का सरकारले निःशुल्क रुपमा गर्ने जनाएको छ ।
प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले आज रेडियो नेपालसंग कुरा गर्दै आम जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्र्ने बताउनु भयो ।
प्रदेश सरकारले अहिले आठ वटा पीसीआर मेसिन मार्फत प्रदेश नंं २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल, महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भईरहेको मन्त्री साहले जानकारी दिनु भयो ।
अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा रियल टाईम पीसीआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिनु भयो । यसै गरि कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगञ्ज, गौरमा उपचार भईरहेको मन्त्री साहले जानकारी दिनु भयो ।
यसै गरि चाडै हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि रियल टाईम पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडी बढाएको प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रका प्रमुख डा. प्रमोद यादवले जानकारी दिनु भयो ।
संघीय सरकारले कोरोनाको उपचारमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्ने निर्णय गरेपनि प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनका लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिईसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्