तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकाबाट तीन किलो अफिम बरामद

कपिलवस्तु । नेपालबाट भारततर्फ लैजादै गरेको तीन किलो अफिम कपिलवस्तु प्रहरीले बरामद पारेको छ ।

सीमा क्षेत्र कृष्णनगर नगरपालिका वडा २ लिङगेटमा चेकजाँच गर्दा झोला फालेर एक नागरिक भारततर्फ भागेका थिए । उक्त झोला खानतलासी गर्दा अफिम फेला परेको जनाइएको छ ।

झोला फालेर भारततर्फ भागेका रुकुम जिल्लाका ३५ वर्षीय लाल बहादुर खत्रीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइएको अस्थाई प्रहरी पोष्ट लिङ्कगेट कृष्णनगर प्रहरी नयाव निरिक्षक रेशम बहादुर जिसीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button