तपाईँ सुन्दै हुनुहुन्छः

हराएका प्रहरी जवान पनि मृत्त फेला

धनगढी । कैलालीमा सम्पर्कविहिन प्रहरी जवान रामबहादुर साउदको आज शव फेला परेको छ । खोजतलास गर्दै जादा प्रहरी पोष्ट देखी तिन किलोमिटर दुरी मोहना नदीको बिच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायले बताउनुभयो । टाउको र घाटीमा धारिलो हतियारको चोटपटक देखिएकाले उनको पनि हत्या भएको उहाले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका १२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान साउद गस्तीमा खटिएका वेला शनिवार राती देखी सम्पर्कबिहिन भएका थिए । उनीसंगै खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको समेत हत्या गरिएको अवस्थामा आईतवार मोहना नदीमा शव फेला परेको थियो ।

प्रहरीका अनुसार हत्या घटनामा संलग्न समुहको पहिचान भईसकेको, केहीलाई पक्राउ गरिएको र अरुको खोजी भईरहेको छ । अहिले प्रहरी घटनाको अनुसन्धानकै क्रममा रहेको छ ।

यसैगरी घटनाको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्यूरोबाट डिएसपी नेतृत्वको टोली धनगढी पुगेर काम थालेको बताईएको छ ।

घटनास्थल रहेको नेपाल(भारत सिमानाका वनकट्टीघाट चोरीपैठारीको ट्रान्जिन्ट प्वाईन्ट रहेकाले चोरीतस्करीमा सलग्न समूहले नै दुवै जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button